काठमाडौं - प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तविरुद्ध एआईजी विश्वराज पोखरेलले  सर्वोच्च अदालतमा दर्ता गरेको रिटको  सुनुवाइ हुँदै छ । 

धिरजप्रताप सिंहलाई  आईजीपीमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध एआईजी पोखरेलले सोमबार अदालतमा रिट दर्ता गरेका थिए । वरिष्ठता र ज्येष्ठता मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेलले सो निर्णय बदरसहितको अन्तरिम आदेश माग गरेका छन् । 

डेढ वर्षअघि बढुवा भएका एआईजी पोखरेल र अर्का एआईजी सहकुलबहादुर थापालाई पन्छ्याउँदै सिंहलाई मन्त्रिपरिषद् बैठकले आईजीपीमा बढुवा गरेको थियो । वरीयताका क्रममा तेस्रो नम्बरमा रहेका सिंहलाई प्रधानमन्त्रीको दबाबमा आईजीपीमा नियुक्त गरिएपछि विधि मिचेको भन्दै विवाद उत्पन्र भएको हो । 

अर्का एआईजी थापा भने सरकारको निर्णयमा असन्तुष्टि जनाए पनि अदालत नगई आजबाट नियमित काममा फर्किने बताएका छन् ।  रिट दर्ता गराएका एआईजी पोखरेलले ३० दिन लामो बिदा लिएका छन् ।