काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौँको राष्ट्रियसभा गृहमा केहिबेर अघिबाट बैठक सुरु भएको एक शिर्ष नेताले जानकारी दिए । 

बैठक पूर्व निर्धारित कार्यतालिका अनुसार ११ बजेदेखि बस्ने भनिएको थियो । तर, अन्तिम समयमा आएर बैठक दुई घण्टा सरेर १ बजेपछि सुरु भएको हो ।

बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरूबीच खटपट भएको छ । 

नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । उनीहरूले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन् ।