नेता खनाल अस्पतालबाट डिस्चार्ज
खबर एक्सप्रेस
२०७७-०६-३० ०८:०० मा प्रकाशित
Total Shares: 1888
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किएका छन् ।
उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहेका पूर्व प्रधानमन्त्री खनाल आज घर फर्किएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस