सामाजिक सञ्जाल बन्द गर्न आईसपीलाई प्राधिकरणको पत्र
काठमाडौं - देशभित्र सामाजिक सञ्जाललाई बन्द गराउने सरकारको निर्णय कार्यान्वयमा अघि बढेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको हो ।
मन्त्रालयको निर्देशनअनुसार ती २६ वटा सामाजिक सञ्जाल बन्द गर्न आईएसपीहरूलाई बिहीबार नै निर्देशन दिइसकेको प्राधिकरणका कार्यकारी निर्देशक मीनप्रसाद अर्यालले बताए ।
मन्त्रिपरिषद्को गत भदौ ९ गतेको बैठकले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्सलगायत सामाजिक सञ्जाललाई दर्ता गर्न दिएको सात दिनको समयसीमा बुधबार मध्यराति सकिएको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा आज बसेको मन्त्रिस्तरीय निर्णयले कानुनबमोजिम सामाजिक सञ्जालहरू दर्ता प्रक्रियामा नआएको भन्दै आजमात्रै बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच वटा प्लेटफर्महरू बन्द हुने छैनन् । मन्त्रालयका अनुसार टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् । ती बाहेकका अन्य सामाजिक सञ्जालहरू बन्द हुने जनाइएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस