भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम पुनः सुरु
खबर एक्सप्रेस
२०७६-०७-२२ ११:०० मा प्रकाशित
Total Shares: 648
काठमाडौं - भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने भएको छ ।
विराटनगर–१८, बुधनगरको लावाघाटसम्म आई पुगेपछि सात महिना अगाडिदेखि रोकिएको रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु हुने भएको हो ।
रेलमार्ग विस्तारको दोस्रो खण्ड अन्तर्गत बुधबार लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटर दूरीको काम अगाडि बढाइने निर्माण जिम्मेवारी पाएको भारतीय कम्पनी इरकोनका प्रतिनिधि दीपक कुमारले जानकारी दिए ।
गोरखापत्र दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस