काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा आजदेखि एजेन्डामाथि छलफल हुँदैछ । बुधबार प्रारम्भ भएको बैठकमा आज विभिन्न एजेन्डामा छलफल हुने एक सदस्यले बताए ।

बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । सम्बोधनमा ओलीले रक्षात्मक देखिए भने प्रचण्डले सरकार र ओलीको चर्को आलोचना गरे । यता, वरिष्ठ नेता माधव नेपाल पक्षले पनि सरकारको चर्को आलोचना गर्दै आएका छन् ।

आज यी एजेन्डामाथि छलफल हुँदै:-

१. एमसीसीका सम्बन्धमा।

२. वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन।

३. कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा।

४. नेपालको सीमा समस्या र समाधान सम्बन्धमा।

५. पार्टी कामको समीक्षा र सांगठानिक एकतको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा।

६. सरकारको कामको समग्र समीक्षा सम्बन्धमा।

७. विविध।