कांग्रेसका ३८ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लाग्यो
काठमाडौं - नेपाली कांग्रेसले ३८ जिल्लाका क्रियाशील सदस्यको सूची तयार पारेकाे छ । सूची तयार भएका ३८ जिल्लाको नामावली महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समितिलाई बुझाएका छन् ।नेपा ली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई प्राप्त भएको संयोजक महादेव यादवले जानकारी दिए । यादवका अनुसार समितिले ३८ जिल्लाका लागि निर्वाचन प्रतिनिधिसमेत खटाइसकेको छ । उनले भने,‘३८ जिल्लाको नामावली प्राप्त भएको छ। अरु जिल्लाको २/३ दिनमा उपलब्ध गराउने पार्टीले भनेको छ। त्यसभित्र नाम पाउन नसके महाधिवेशन गर्न सकिँदैन ।’ अन्य जिल्लाको नामावली भदौ १३ भित्र निर्वाचन समितिले प्राप्त गर्ने प्रतिवद्धता पार्टीले गरेको यादवले बताए।
नामावली टुंगो लागेका ३८ जिल्लामा १३ जना निर्वाचन प्रतिनिधि काठमाडौबाट खटाइएको छ। अन्य २५ जिल्लामा उपत्यका बाहिरका निर्वाचन प्रतिनिधि खटाइएको यादवले जानकारी दिए । निर्वाचन प्रतिनिधि डेमोक्रेटिक लयर्स एसोसिएनमा आवद्धलाई बनाइएको छ। केही जिल्लामा नेपाल शिक्षक संघका प्रतिनिधि पनि खटाइने भएको छ ।
प्रदेश १ मा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु,, ओखलढुंगा, उदयपुर, झापा लगायतका जिल्लाकोे क्रियाशील सदस्यता निर्वाचन समितिले प्राप्त गरेको छ। प्रदेश २ का कुनै पनि जिल्लाको नामावली तयार भएको छैन । बागमती प्रदेशमा चार जिल्लाको मात्रै नामावली तयार भएको छ। बागमतीकाे भक्तपुर, दोलखा, रामेछाप र सिन्धुलीको सूची तयार भएको छ। गण्डकी प्रदेशमा कास्की, स्याङ्जा, गोरखा, लमजुङ, तनहुँ, मनाङ, मुस्ताङ, म्याग्दी, नवलपुर र पर्वतको सदस्यता विवरण तयार भएको छ।
लुम्बिनी प्रदेशमा पाल्पा, नवलपरासी, रुपन्देही, रुकुम पूर्वी र रोल्पाको क्रियाशील सदस्यताको सूची बनेको छ। कर्णालीमा रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्लाको सूची निर्वाचन समितिले प्राप्त गरेको छ। सुुदूरपश्चिममा कञ्चनपुर बझाङ, डोटी, दार्चुला र बैतडीको क्रियाशील सदस्यताको टुंगो लागेको छ ।
फेसबुक पेज Like गर्नुहोस