काठमाडौं  - खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुको साथै ल्याएको १० प्रतिशत  क्यासब्याक अफर पनि ल्याएको छ । समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिको विचार पु¥याउदै यो सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने छ । प्रयोगकर्ताले १० प्रतिशत क्यास्ब्याक पाउनका लागि प्रोमोकोड प्रयोग गरि प्राप्त गर्न सक्नेछन ।

नेशनल लाइफको नविकरण बीमा शुल्क ‘खल्ती’ एप बाट लग–इन गरि इन्स्योरेन्स आइकन मा ट्याप गर्ने र नेशनल लाइफ इन्स्योरेन्स सेलेक्ट गरेर भर्न सकिन्छ । सबै विवरण दाखिला गरि ‘प्रोसिड टु पे’ मा क्लिक गर्ने ५ हजार माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवं नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिग, बिमा प्रिमियम तथा अनलाईन सपिग साईटमा भुक्तानी गरि ६० हाजर सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको पनि उल्लेख छ ।