बलात्कारपछि १४ वर्षीया बालिका बेहोस
काठमाडौं - कञ्चनपुर बेलौरी नगरपालिकाकी १४ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ।
यही पुस २ गते विद्यालबाट घर फर्किंदै गरेकी बालिकालाई साथीको घर लगेर बन्धक बनाई बलात्कार गरेको पीडित बालिकाका आफन्तले आरोप लगाएका छन्।
‘विद्यालयबाट साइकलमा साथीको घर पुर्याएर बन्धक बनाई बलात्कार गरेको रहेछ,’ पीडित बालिकालाई उद्धृत गर्दै उनका दाइले भने, ‘बहिनी बेहोस भइछन्, बिहान ९पुस ४ गते० ७ बजे होस खुल्दा एक्लै कोठामा रहिछन्। त्यसपछि मात्र थाहा भएछ आफू कहाँ छु भनेर।’
ती छात्रा होस खुलेपछि रुँदै घर पुगिन्। आमाबाबुलाई केही नभनी उनी रुन थालिन्। आमाबुवा पनि छोरीको अवस्था देखेर अचम्मित भए। पुस ४ गते रातभर सम्झाएपछि छोरीले केटाले गरेका सबै कुरा आमालाई बताइन्।
त्यसपछि बालिकाका दाइ नजिकको प्रहरी चौकीमा उजुरी दिन गए। तर त्यसअघि नै बलात्कार आरोप लागेका २२ वर्षीय ऐरी थरका ती युवक प्रहरी खोरमा पुगिसकेको प्रहरीले जनाएको छ।
अन्नपूर्ण पोस्टबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस