काठमाडौं - नेपाल कम्युष्निट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले  सीमा मिचिएको विषयबारे प्रतिक्रिया दिएका छन् । उनले यस विषयमा वार्ता गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले भनेका छन्,लिम्पियाधुरा–लिपुलेक–कालापानी नेपालको हो । यसमा भारतले दाबी गर्ने ठाउँ रहेको छैन ।

भारतले नेपाली भुमि मिचेर निर्माण गरेको बाटोप्रति उनले आपत्ति समेत जनाएका छन् । 

सबै राजनीतिक दलहरु यस विषयमा एक रहेको उनले बताए । उनका अनुसार यस विषयमा भारत र चीन दुवैसँग कुरा गर्नुपर्छ ।लामो समयदेखि नेपालमा भारत विरोधी भावना बढेको र यसको दोषी भारत नै रहेको उनले बताएका छन् । 

उनले भनेका छन्, ‘भारतसँग सधैँ झगडा गर्न सकिँदैन, तारबार लगाउने हो कि के गर्ने हो हुनुपर्यो। कहिले सीमाबाट आतंकारी छिर्यो भनेको छ, कहिले के भनेको छ। यसलाई रोक्नुपर्छ।’