काठमाडौं - सरकारले यही  वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यही वैशाख २६ गते दिउँसो ४ बजे संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए।

संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक प्रवाधान रहेको छ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक ल्याउनुपर्ने हुन्छ। त्यसअघिर सरकारका नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्नुपर्ने हुन्छ।