दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीन जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-१२-१८ १२:२१ मा प्रकाशित
Total Shares: 832
काठमाडौं, एजेन्सी - दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ।
के टी–१ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४४० किलोमिटर दक्षिणपूर्वमा साचियोनको धान खेतमा दिउँसो १ः३६ बजे दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको बताइएको छ । अग्निनियन्त्रक अधिकारीहरूले उद्धारका लागि दुई हेलिकप्टर, १४ वटा गाडी र ३५ जना कर्मचारी घटनास्थलमा पठाएका छन् ।
फेसबुक पेज Like गर्नुहोस