काठमाडौं - जापानमा आगामी असोजमा हुने २०औँ एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।
नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
टोलीमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, कुशल मल्ल, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन्।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन्। जापानमा हुने एसियाली खेलकुदमा नेपालले क्रिकेटमार्फत पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।

.gif)


