काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौँ जिल्ला अध्यक्षमा दीपक केसी निर्वाचित भएका छन् ।
आइतबार भएको जिल्ला अधिवेशनले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
उनका निकटतम प्रतिद्वन्द्वी ऋद्धिप्रताप राणाले २२० मत प्राप्त गरे । अर्का उम्मेदवार प्रमोद पौडेलले ३४ मत ल्याए ।
नवनिर्वाचित अध्यक्ष केसी राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्व संयोजकसमेत हुन्।

.gif)


