काठमाडौं - नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको समितिमा रहेका सबै नेतालाई केन्द्रीय सदस्य बनाउने भएको छ । 

फुटको संघरमा रहेका बेला सभापति गगन थापाले देउवाको समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुला गराएका हुन्।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्नेगरी निर्णय गरेको हो ।

कांग्रेसले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशनको मिति तोकेको छ । असोज ३ र ४ गते वडा तहको अधिवेशनको मिति तोकिएको छ ।

कांग्रेस संस्थापनले गत पुससम्म नवीकरण गरेका सबै क्रियाशीलाई मान्यता दिने निर्णय गरेको छ । 

उता नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि १५औँ महाधिवेशन आगामी मंसीर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने गरी मिति तय गरेको छ।