काठमाडौं - यस वर्षको एसईई आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसईई सञ्चालन गर्न सक्ने गरी त्यसको तयारी सुुरु गरेको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अहिलेसम्मको अवस्था हेर्दा जेठसम्म परीक्षा गर्न सकिने सम्भावना देखिएकाले तयारी थालेको जानकारी दिए । चैत/वैशाखसम्म विद्यार्थीले पठनपाठनमा समय दिनुपर्ने अवस्था रहेको र असार/साउनमा वर्षा हुने भएकाले जेठ महिना परीक्षाका लागि उपयुक्त हुने देखिएको उनले बताए ।

सरकारले यस पटक शैक्षिक सत्र कहिले सुुरु हुने र कहिले सकिने भन्ने स्पष्ट नीतिगत निर्णय गरेको छैन । विगतमा वैशाखमा शैक्षिक सत्र सुुरु भएर चैतमा सकिने भए पनि यस वर्ष कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विद्यायय खुल्न नसक्दा शैक्षिक सत्रसमेत यकिन हुन सकेको छैन । 

 गोरखापत्र दैनिकबाट