स्रोत नखुलेको १३ लाख नगदसहित एक पक्राउ
खबर एक्सप्रेस
२०७६-०५-३० ११:०० मा प्रकाशित
Total Shares: 853
काठमाडौं - काठमाडौंको त्रिपुरेश्वर चोकबाट स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आइतबार साँझ काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका-५ का २२ वर्षीय उमेश कुमार मगरलाई स्रोत नखुलेको नगद १३ लाख ९ हजार ७ सय ५ रुपैंया र विभिन्न बैंक तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेक सहित प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उमेश सवार प्रदेश नम्बर ३- ०२-००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटर सहित उनलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस