आज कोरोना संक्रमण भन्दा निको हुनेको संख्या बढी, ३० जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभरका प्रयोगशालामा पीसीआर विधिबाट ७७०३ जनाको र एन्टिजेन विधिबाट ५३७२ जनाको परिक्षण गर्दा २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या ७ लाख ४५ हजार ७३१ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप २३८२ जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म कोरोना जित्नेको संख्या ६ लाख ९५ हजार ९२५ जना रहेका छन् । निको हुनेको दर ९३.३ प्रतिशत छ ।
त्यस्तै, आज थप ३० जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म १० हजार ४८५ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये ३९ हजार ३२१ सक्रिय संक्रमित छन्।
हाल ३६ हजार १५ जना होम आइसोलेसन रहँदा ३ हजार ३०६ जना संस्थागत आइसोलेसनमा छन्। ४२३ जना क्वारेन्टाइन, ७१८ जना आइसीयू र १६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस