प्रधानन्यायाधीशले बाेलाएकाे ‘फूलकोर्ट’लाई सर्वोच्चका न्यायाधीशले बहिष्कार गर्ने
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)लाई अरु न्यायाधीशहरुले बहिस्कार गर्ने भएका छन् ।
आइतबार दिउँसो नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा प्रधानन्यायाधीश जबराले भोलीका लागि फुलकोर्ट बोलाएका थिए तर, त्यसपछि अदालतमा सुरु भएको वरिष्ठतम् न्यायाधीशहरूको बैठकले फुलकोर्टमा नबस्ने निर्णय गरेको हो ।
बैठकमा न्यायाधीशहरू दीपक कार्की, मिरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, वमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी सामेल थिए।
बार एसोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा प्रधानन्यायाधीशले भने मिडियामा आएका विभिन्न शंका, उपशंका, चर्चा परिचर्चा, टिप्पणी सबै विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो विषय फुलकोर्टमा राख्ने तथा बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।
फेसबुक पेज Like गर्नुहोस