काठमाडौं - अमेरिकाले इरानसँग वार्ताका लागि प्रस्ताव गरेको छ ।

केही दिनयता दुई देशबीच तनाव चुलिएको भएपनि अमेरिकाले इरानसँग ‘बिनासर्त गम्भीर वार्ता’ गर्न तयार रहेको जानकारी संयुक्त राष्ट्रसंघलाई गराएको हो ।

राष्ट्रसंघलाई पत्र लेख्दै अमेरिकाले इरानसँग वार्ताका लागि प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।

इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको त्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको अमेरिकाको दावी छ ।

गोरखापत्र दैनिकबाट