तुलसीपुरकाे मेयर र उपमेयर दुवै पदमा एमाले विजयी
खबर एक्सप्रेस
२०७९-०२-११ ०३:४० मा प्रकाशित
Total Shares: 292
काठमाडौं,दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।
बुधबार दिउँसो सार्वजनिक अन्तिम मतपरिणामअनुसार नगरप्रमुखमा एमालेका टिकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी विजयी भएका हुन् ।
खड्काले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गेहेन्द्र गिरीलाई हराएका हुन्। खड्काले ३१४०८ मत ल्याउँदा गिरिले २७७१६ मत पाए।
यस्तै, उपप्रमुखमा चौधरीले गठबन्धनबाट एकिकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतअन्तरले पराजित गरिन् । चौधरीले ३० हजार ५९७ मत प्राप्त गर्दा रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस