विवादमा आईजीपी नियुक्ति: सर्वोच्चमा विश्वराजको रिट दर्ता, बुधवारलाई पेशी
खबर एक्सप्रेस
२०७९-०१-१९ ०४:२७ मा प्रकाशित
Total Shares: 380
काठमाडौं - धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
नियुक्ति प्रक्रियामा असन्तुष्ट बनेका एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च पुगेर सो निर्णय बदरको मागसहित रिट दर्ता गरेका हुन् । रिटको बुधबारका लागि पेशी तोकिएका अदालतले जनाएको छ ।
वरिष्ठता र ज्येष्ठता मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेलले अन्तरिम आदेश माग गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस