माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं - बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने नीतिगत निर्णय नेपाल र भट्टराईका पालामा भएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनालाई उन्मुक्ति दिएको भन्दै भ्रष्टाचारको मुद्दा चलाउन आदेश माग गर्दै रिट दर्ता गरेका हुन् ।
गत माघ २२ गते अख्तियारले ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति एवं तत्कालीन भौतक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।
तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर गच्छदारविरुद्ध मुद्दा लागेपछि कांग्रेस आक्रोशित बन्दै आएको छ ।
फेसबुक पेज Like गर्नुहोस