जनकपुरधाम आउँदै गरेको रेलमा किचिएर एकजनाको मृत्यु
खबर एक्सप्रेस
२०७९-०९-१३ ११:४६ मा प्रकाशित
Total Shares: 276
जनकपुरधाम-जनकपुरधाम आउँदै गरेको रेलमा चढ्ने क्रममा लड्दा वैदेही स्टेशनमा किचिएर एकजनाको मृत्यु भएको छ।
भारतको जयनगरबाट कुर्था आउँदै गरेको रेलमा किचिएर नगराईन नगरपालिका राघोपुरका ३५ वर्षीय पुर्ण सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
वैदेही रेल्वे स्टेशनमा खुलीसकेको रेल्नमा चढ्न खोज्दा लडेपछि रेलले किचिएर दासको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस