काठमाडौं - पोर्चुगलमा भएको आगलागीमा एक नेपालीको मृत्यु भएको छ । पोर्चुगलको फारोमा भएको आगलागीमा धादिङ नीलकण्ठ नगरपालिका– १ काउलेका प्रेम तामाङको मृत्यु भएको हो ।

आगलागीमा परेपछि उनलाई उपचारका लागि अस्पताल लागिएको थियो । उनको टाउकोमा चोट लागेको र शरीरको केही भाग जलेको थियो । अस्पताल लगिएका उनलाई उपचार शुरु गर्दागर्दै मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

तामाङ फारोको बेलासले स्थित एक पोर्चुगिज कृषि कम्पनीमा काम गर्दै आएका थिए ।घटनाको बारेमा पोर्चुगलका सरकारी अधिकारीहरुले अनुसन्धान गरिरेहका छन् ।