यस वर्ष एकै दिन पर्यो कुकुर तिहार र लक्ष्मीपूजा
खबर एक्सप्रेस
२०७६-०७-०४ ११:०० मा प्रकाशित
Total Shares: 798
काठमाडौं - यस वर्षको तिहारमा कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पाञ्चांग निर्णायक समितिले जनाएको छ । समितिले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी कात्तिक १० गते कुकुर तिहार र लक्ष्मीपूजा परेको जानकारी दिएको हो ।
कात्तिक ८ गतेदेखि सुरु हुने तिहारको पहिलो दिन यमदीपदान, कात्तिक ९ गते शनिबार कागतिहार परेको छ ।
त्यस्तै कात्तिक ११ गते गाईगोरु पूजा, म्हपूजा पर्ने भनिएको छ ।
फेसबुक पेज Like गर्नुहोस