देउवाले बालुवाटार छोडे
खबर एक्सप्रेस
२०७९-०९-१३ ०३:०५ मा प्रकाशित
Total Shares: 360
काठमाडौं-पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवास छोडेका छन्। देउवाले बुधबार दिउँसो बालुवाटारस्थित प्रधानमन्त्री निवास छोडेका हुन्।
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा परिवारसहित बुधबार बालुवाटारबाट सरेका हुन्। आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित एक निजी घर भाडामा लिएर बस्दैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज नै बालुवाटार सर्दैछन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस