रसुवागढी नाका दुई सातादेखि सुनसान
खबर एक्सप्रेस
२०७६-११-०३ ११:०० मा प्रकाशित
Total Shares: 635
रसुवा - चीनमा ‘कोरानाभाइरस’को संक्रमण बढेसँगै रसुवागढी नाका दुई सातादेखि सुनसान छ ।
अहिले रसुवागढी नाकामा सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीमात्र छन् । अध्यागमन कार्यालय रसुवाकाअनुसार चिनियाँलगायत अन्य मुलुकका पर्यटक आवत–जावत ठप्प छ ।
चीनको केरुङमा समान लिन जाने सयौं कन्टेनर रोकिँदा आयात–निर्यात प्रभावित भएको छ । रसुवागढी नाका हुँदै केरुङमा रोजगारी र व्यापारका लागि पुगेका धेरै नेपाली फर्किसकेका छन् भने केही फाट्टफुट्ट आइरहेका छन् ।
केरुङमा काम गर्न पुगेका नेपालीहरु अनुकूल मिलाएर आउने गरेकोे सीमा प्रहरीचौकी रसुवागढी, टिमुरेले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस