रविमाथि सरकारले अमानवीय र प्रतिशोधपूर्ण व्यवहार देखायो : प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको टिप्पणी गरेका छन्।
अध्यक्ष प्रचण्डले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै विरोध जनाए। उनले सरकारलाई प्रतिशोधपूर्ण कार्य रोक्न माग गरे।
अध्यक्ष प्रचण्डले फेसबुकमा लेखेका छन्,‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’
रविलाई चितवनबाट रातारात अमानवीय व्यवहार देखाएर पोखरा लगेको भन्दै सरकारको आलोचना भईरहेको बेलामा प्रचण्डले पनि विरोध जनाएका हुन् ।प्रहरीले सहकारी ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा लामिछानेलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्दैछ ।
गएको बुधबार चितवनबाट उनलाई रातारात पोखरा पुर्याएर मानवअधिकार उल्लंघन गरिएको भन्दै आलोचना भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस