सभामुख र पूर्वसभामुखहरूबीच भेटवार्ता
खबर एक्सप्रेस
२०८२-१२-३० ०१:०१ मा प्रकाशित
Total Shares: 30
काठमाडौं - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र पूर्वसभामुखद्वय देवराज घिमिरे र अग्निप्रसाद सापकोटाबीच सिंहदरबारमा भेटवार्ता भएको छ। सभामुखमा अर्याल निर्वाचित भएपछि उनीहरूबीच पहिलो औपचारिक भेटवार्ता भएको हो।
भेटमा नेपालको संसदीय अभ्यास,विगतका अनुभवहरूको आदान–प्रदान,संघीय संसदको प्रभावकारी सञ्चालन,विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
यसअघि चैत्र २६ गते सभामुख अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालबीच भेटवार्ता भएको थियो।

.gif)




फेसबुक पेज Like गर्नुहोस