काठमाडौं - सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार बझाङको पौवागढी आसपास केन्द्रबिन्दु पारेर साँझ ७ः १५ बजे भूकम्प गएको हो।

क्षेत्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतका अनुसार ५ दशमलव ७ रेक्टरको भूकम्प मापन गरिएको छ। कर्णाली प्रदेशमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।