आइएमई पे र दराजवीच सहकार्य
काठमाडौं - आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे र दराजवीच सम्झौता भएको छ । सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार आइतबार दराज वालेट डे हुनेछ । जस अनुसार आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुटको रिडिम भाउचर पाउन सकिने साथै प्रयोगकर्तालाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत छुट पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ ।
उक्त अवसरमा आइएमई डिजिटलका सहायक महाप्रबन्धक बस्नेतले यस अघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहि यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु ल्याइसकेको र यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताए ।
हरेक आइतवार वालेट डेको शुरुवात गरिएको उपलक्ष्यमा दराजका भुक्तानी र साझेदारी प्रमुख फँुयालले दराजमा आइएमई पे एप मार्फत भुक्तानी गर्दा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने बताएका छन ।
नेपाल लगायत ४ विभिन्न दक्षिण एशियायी मुलुकस्थित दराज एक सर्वप्रिय अनलाइन बजार हो । दराजले सदैव ग्राहकहरुलाई सर्वोत्तम सपिङ्ग अनुभव प्रदान गर्ने प्रयास गरेको पनि उल्लेख छ । त्यसैगरी आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक एक उत्पादन हो ।
नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस