काठमाडौं,एजेन्सी - श्रीलंकाका ब्याट्सम्यान दानुष्का गुणातिलके बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनलाई टी–२० विश्वकपका क्रममा बलात्कारको आरोपमा शनिबार सिड्नीमा पक्राउ गरिएको हो ।

शनिबार भएको खेलमा इंग्ल्याण्डसँग पराजित हुँदै श्रीलंका फाइनलबाटै बाहिरिएको थियो । इंग्ल्यान्ड र श्रीलंका खेलपछि दानुष्का पक्राउ परेका थिए । दानुष्का हाल श्रीलंकाको टोलीमा परेका छैनन् ।

उनी छनोट चरणमा चोटका कारण टोलीबाट बाहिर भएका थिए । यद्यपि उनी टोलीसँग यात्रा गरिरहेका थिए । द अष्ट्रेलियनको रिपोर्ट अनुसार उनीमाथि चारवटा बलात्कारको आरोप लगाइएको छ । 

२९ वर्षीया महिलाले उनीमाथि बिना सहमति यौनसम्पर्क गरेको आरोप लगाएकी छन् । ती महिलाले गुणातिलकेलाई डेटिङ एपमार्फत भेटेको बताइएको छ । 

समाचार स्रोतका अनुसार बलात्कारको घटना यस हप्ताको सुरुमा सिड्नीको एक निवासमा भएको थियो । राति होटलबाट पक्राउ परेका उनलाई आज अदालतमा पेश गरिने छ ।