दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति,चुनावपछि मात्रै छुट्ने
काठमाडौं - जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
प्रसाईंलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न अदालले अनुमति दिइएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
प्रहरीले आइतबार बिहान प्रसाईंलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित गराएको थियो । हाल उनीविरुद्ध सार्वजनिक शान्ति खलल पुर्याएको आरोपमा अनुसन्धान अघि बढाइएको छ ।
यसअघि प्रसाईंलाई सर्वोच्च अदालतको आदेशअनुसार प्रसाईं फागुन १३ गते रिहा भएका थिए। पछिल्लो समय निर्वाचन प्रक्रिया बिथोल्ने गतिविधिमा संलग्न हुनसक्ने आशङ्काका आधारमा प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशमा पुनः रिहा गर्ने अवस्था दोहोरिँदै आएको जनाइएको छ ।
आजको चार दिनपछि अर्थात फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । तर, प्रसाईंलाई भने पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिइएको छ ।

.gif)


फेसबुक पेज Like गर्नुहोस