नबिल बैंकको सामाजिक सन्देशमूलक भिडियो
खबर एक्सप्रेस
२०७७-०७-२८ १०:२० मा प्रकाशित
Total Shares: 459
काठमाडौं - नबिल बैंकले सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिन तिहार भिडियो सार्वजनिक गरेको छ ।
बैंकले दसैंको बेला पनि सुरक्षित तवरले दसैं मनाऔं भन्ने सन्देशका साथ भिडियो सार्वजनिक गरेको थियो, जसलाई सबैले धेरै मन पराएको पनि बैकले जनाएको छ । भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनस“ग मेल राख्न गएकाले सो भिडियोले लाखौंको मन छुन सफल भएको छ ।
त्यसैको फलस्वरूप नबिलको दसैंको भिडियो सामाजिक सञ्जालमा कुल १३ लाख दर्शकले हेरेका छन । तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिक रूपमा भन्दा भावनात्मक रूपका नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस