घट्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७८-०६-०४ १०:४९ मा प्रकाशित
Total Shares: 206
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुन प्रतितोला रु ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १३५ कायम गरिएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १५० थियो ।
फेसबुक पेज Like गर्नुहोस