धम्की तथा प्रलोभनमा नपरी आफ्नो मताधिकारको प्रयोग गर्न गृहको अनुरोध
काठमाडौं - गृह मन्त्रालयले भोलि शुक्रबार हुन लागेको स्थानीय तह सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि सम्पूर्ण राजनीतिक दल तथा सरोकारवाला पक्षसँग आग्रह गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी कसैको डर, धाक, धम्की तथा प्रलोभनमा नपरी मतदानमा सरिक भई आफ्नो मताधिकारको प्रयोग गर्न मतदातालाई अनुरोध पनि गरेको छ ।
मन्त्रालयले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी समन्वयात्मकरूपमा परिचालन गरी सबै मतदानस्थलमा भरपर्दो सुरक्षा व्यावस्था मिलाइएको जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस