हप्तामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा अध्ययन समिति
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा अध्ययन समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै समितिले समितिले अन्तर्राष्ट्रिय अभ्यास र हप्तामा दुई दिन बिदा दिँदा सरकारी खर्च कटौतीमासमेत सहयोग पुग्ने भन्दै सरकारलाई सिफारिस गरेको हो ।
‘हप्तामा २ दिन सार्वजनिक बिदा कायम गर्दा आर्थिक रूपले कर्मचारी र कार्यालय तथा संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने देखिएको छ’ प्रतिवेदनमा उल्लेख छ ।
अध्ययन समितिमा मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र छन् ।
फेसबुक पेज Like गर्नुहोस