२० वर्षपछि आयल निगमले भण्डारण क्षमता बढाउँदै
खबर एक्सप्रेस
२०७६-०७-१८ ११:०० मा प्रकाशित
Total Shares: 662
काठमाडौं - नेपाल आयल निगमले २० वर्षपछि अत्याधुनिक प्रविधिसहितको भण्डारण गृह निर्माण गर्न लागेको छ ।
बढ्दो इन्धनको मागलाई मध्यनजर गर्दै निगमले पोखरामा ९० हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाउन लागेको हो ।
यसका लागि टेन्डर समेत आह्वान गरिसकेको निगमले जानकारी दिएको छ ।
निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता रहेको छ । बजारमा इन्धन खपत बढ्दै गएपनि निगमले भण्डारण क्षमता भने विस्तार गर्न सकेको थिएन ।
कारोबार दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस