श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्किने
काठमाडौं,एजेन्सी - श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे आउँदो हप्ता स्वदेश फर्किने भएका छन्। उनी आउँदो हप्ता स्वदेश फर्किने तयारीमा रहेको एक मन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
विदेशमन्त्री अली साब्रीले ‘कूटनीतिक सञ्जाल’ बाट आफूहरूले राजापाक्ष स्वदेश फर्किने सम्बन्धी जानकारी पाएको सिएनएनलाई बताएका छन्।
गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको आइल्याण्ड देश श्रीलंकामा आन्दोलन चर्किएपछि राजापाक्ष गत महिना देश छोडेर भागेका थिए।
आक्रोशित प्रदर्शनकारी आधिकारिक निवास र कार्यालयमा प्रवेश गरेपछि राजापाक्ष सैन्य विमानमार्फत गएको जुलाईमा माल्दिभ्स उडेका थिए। त्यसपछि उनी सिंगापुर गए र अहिले थाइल्याण्डमा छन्।
फेसबुक पेज Like गर्नुहोस