काठमाडौं,सुनसरी - सुनसरी रामधुनी– २ शिवनगरस्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी– २ शिवनगरका २४ बर्षीय निमेश चौधरी र मोटरसाईकल पछाडि सवार रहेका सोही स्थानका २३ बर्षीय जिवन चौधरी रहेका छन् । 

हिजो राति साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसाईकलले साईडमा रोकि राखेको को २ त ९८७६ नम्बरको ट्याक्टरको टलीमा ठोक्किएर दुर्घटना हुँदा  मोटरसाईकल चालक निमेश र पछाडि सवार जिवन गम्भिर घाईते भएका थिए ।

उनिहरुको घोपा धरानमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  ट्याक्टर नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।