घरेलु रक्सी खाएर चार मजदुरको मृत्यु, दुई जनाको अवस्था गम्भीर
काठमाडौं,गलकोट - घरेलु रक्सी सेवन गरेर चार जना मजदुरले ज्यान गुमाएका छन् । गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले घरेलु मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा सोमबार राति बाटोमै मृत्यु भएको हो।
मृत्यु हुनेमा रोल्पा सुनिल स्मृति गाउँपालिका-५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ति रहेका छन् ।
मजदुरी गर्दै आएका १४ जनामध्ये ६ जनाले गलकोट नगरपालिका-७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा गएपछि बिरामी परेको प्रहरीले जनाएको छ ।
अन्य दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस