सर्वोच्चद्वारा गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी
खबर एक्सप्रेस
२०८१-०१-१२ ०१:३० मा प्रकाशित
Total Shares: 190
काठमाडौं - सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सो आदेश जारी गरेको हो ।
वि.सं. २०६४ चैत २७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिचको झडपमा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।
यस हत्याकाण्डविरुद्ध पीडित परिवारका तर्फबाट २०८० जेठ २१ गते त्रिभुवन साहले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस