काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

बिहीबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार हुन गइरहेको निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्र र स्थलमा मतदानका लागि तयारी पूरा भएको जानकारी दिएका हुन । उनले भने- ‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ वैशाख ३० गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ ।’ 

चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोग प्रतिबद्ध रहेअनुसारका तयारी पूरा भएको प्रवक्ता अर्यालकाे भनाइ छ । 

साथै २७ गते राति १२ बजेदेखि लागू भएको मौन अवधि पालना भए/नभएको अनुगमन भइरहेको र पालना नगर्नेलाई सचेत गराउने काम भइरहेको पनि उनले जानकारी  दिए ।