रवि लामिछानेलाई नवलपरासी प्रशासनको चेतावनी : 'आचारसंहिता विपरीतका गतिविधि नगर्नू'
नवलपरासी - नवलपरासी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सतर्क गराएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीले सोमबार विज्ञप्ति जारी गर्दै सभापति लामिछानेको मंगलबार हुने कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएको हो।
प्रशासनले प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लागू गरिसकेको र त्यसको पालना गर्न माघ १४ गते सूचना जारी भइसकेको स्मरण गराएको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार माघ २७ गते यस जिल्लामा रास्वपा सभापति रवि लामिछानेको जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम रहेको सूचना प्राप्त भएको भन्दै उक्त कार्यक्रममा निर्वाचन आचारसंहिता आकर्षित हुने गरी कुनै पनि गतिविधि नगर्न र नगराउन प्रशासनले आग्रह गरेको छ।
प्रशासनले आचारसंहिता विपरीतका गतिविधि भएमा कानुनअनुसार आवश्यक कारबाही हुन सक्ने संकेत पनि गरेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस