मधेश प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ
जनकपुरधाम - मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।
बुधबार ६ जना मन्त्री नियुक्त गरेसंगै यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
सरकार गठन भएको लगभग एक महिनापछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएसंगै मधेस प्रदेश सरकार १२ सदस्यीय बनेको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा सुरेन्द्र लाभले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
जसअनुसारनयाँ मन्त्रीहरूमा मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि, व्यवस्था कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण र फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् ।
गत मंसिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा कांग्रेस संसदीय दलका यादव मुख्यमन्त्री नियुक्त भएसँगै उनले लोसपाबाट रानीकुमारी तिवारी शिक्षा तथा संस्कृति मन्त्री र माओवादी केन्द्रबाट जवाहरलाल कुश्वाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री बनाएका थिए ।
यसअघि २१ मंसिरमा बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका कांग्रेसका जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपा ९एकीकृत समाजवादी० का कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यभार तोकिएको छ।
जनमत पार्टीका महेशप्रसाद यादवले भने यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस