मौसम: आज सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेशमा भारी वर्षाको सम्भावना
खबर एक्सप्रेस
२०७९-०४-०४ ०७:४४ मा प्रकाशित
Total Shares: 213
काठमाडौं - आज बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ ।
दिउँसो पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी,बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।
बिहीबार पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस