संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने
खबर एक्सप्रेस
२०८०-०५-०७ ०२:५६ मा प्रकाशित
Total Shares: 118
काठमाडौं-संसदीय समितिका सभापतिको निर्वाचन आगामी भदौ ११ गते हुने भएको छ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
प्रतिनिधिसभाका १० तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका संयुक्त २ गरी जम्मा १२ वटा समितिका सभापति पद चयन अहिलेसम्म भएका छैनन्।
सभापति चयन नहुँदा संसदीय समितिका बैठक समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरेको छ। निर्वाचन भएसँगै संसदीय समितिहरूले नेतृत्व पाउने भएका छन्।

.gif)




फेसबुक पेज Like गर्नुहोस