प्रधानमन्त्री ओली संसद भवनमा
काठमाडौं - संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्ने तयारी भएको छ। दुबै सदनका बैठक सञ्चालन गर्ने तयारीको अवलोकन प्रधानमन्त्री केपी शर्मा ओली अहिले संसद भवन नयाँ बानेश्वर पुगेका छन्।
प्रधानमन्त्री ओलीसँगै सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे पनि संसद भवन गएका छन्।
यसअघि आजै सभामुख सापकोटाले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए। सापकोटाले प्रधानमन्त्री ओलीसँग भेट गरी बजेट अधिवेशन आह्वान गर्न ढिलाइ नगर्न सुझाएका हुन्।
सरकारले ल्याउने नीति तथा कार्यक्रम र प्रि-बजेट छलफलमा ढिलाइ हुने उल्लेख गर्दै सापकोटाले बैठक बोलाउन आग्रह गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस