दैलेख - जिल्लाको भगवतीमाई गाउँपालिकाले श्रम रोजगार बैङ्कमार्फत युवालाई स्थापित गर्ने र डोजर विस्थापित नीति अगाडि सारेको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ सुरु हुने श्रम रोजगार बैङ्कमार्फत १४० जना युवालाई रोजगारी दिनेछ भने युवालाई विकासमा स्थापित गराएर डोजर विस्थापित गर्ने भएको हो ।

दैलेखमा मात्र नभई नेपालभर डोजर आतङ्क र उपभोक्ता समितिमार्फत काम सञ्चालन गर्दासमेत काम प्रभावकारी र गुणस्तरीय नभएको र उपभोक्ता समितिले पनि कमिसनको लोभमा डोर हाजिर गरी भुक्तानी गरेको गुनासो आइरहँदा त्यो परम्परा तोड्न श्रम रोजगार बैङ्कले महìवपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ ।

संविधानप्रदत्त रोजगारी हकलाई मौलिक हकको कार्यान्वयन गर्न रोजगारी हकसम्बन्धी ऐन, २०७५ अनुसार श्रम रोजगार बैङ्क स्थापना गरी रोजगारी दिएकोे गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताए।

उनले चालू आर्थिक वर्ष २०७६÷७७ को नीति तथा बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यमा रोजगारका अवसर सिर्जना गरी पाँँच वर्षमा गाउँपालिकाका युवा बाध्यात्मक वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य गर्न श्रम रोजगार बैङ्कमार्फत रोजगारी दिन लागेको अध्यक्ष थापाले बताए। गोरखापत्र दैनिकबाट